Logo
Logo

निषेधाज्ञाकै बीच बढ्यो वाणिज्य बैंकको व्यवसाय


दृष्टि संवाददाता



काठमाडौं । निषेधाज्ञाकै बीच वाणिज्य बैंकहरूको व्यवसाय बढेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले पछिल्लो साता निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार गरेका छन् ।

वाणिज्य बैंकको निक्षेप संकलन जेठको दोस्रो साता ५ अर्ब रुपैयाँले घटेर कुल निक्षेप ३९ खर्ब ५६ अर्बमा सीमित भएको थियो । तर जेठको तेस्रो साता १३ अर्बले निक्षेप बढाउन बैंकहरू सफल भएका छन् । यससँगै वाणिज्य बैंकहरूको कुल निक्षेप ३९ खर्ब ६९ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको व्यवसाय निरन्तर बढिरहँदा जेठ तेस्रो साता थप ८ अर्ब कर्जा प्रवाह भएको छ । उक्त कर्जा वृद्धिपछि कुल कर्जा प्रवाह ३६ अर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । यसअघिको साता अर्थात् जेठ दोस्रो साता बैंकहरूको कर्जा प्रवाह करीब १० अर्बले बढ्दा कुल कर्जा प्रवाह ३६ खर्ब २६ अर्ब पुगेको थियो ।

यसबीच निक्षेप सृजना गर्ने रेमिट्यान्स पनि बढिरहेको र आयात पनि बढेकाले निक्षेप तथा कर्जा वृद्धिमा सुधार भएको बैंकरहरू बताउँछन् ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्