Logo
Logo

साउनदेखि सेना युद्धकेन्द्रित संरचनामा


दृष्टि संवाददाता



काठमाडौं । सेनाले युद्धकेन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना गरेको छ । आगामी साउनदेखि नयाँ संरचना लागु हुनेछ । सशस्त्र द्वन्द्वको वेला जस्तै चारवटै सुरक्षा निकायको युनिफाइड कमान्ड र प्रधानमन्त्रीमातहत रहने एकीकृत इन्टेलिजेन्स संयन्त्र बनाउन सेनाको प्रस्ताव छ ।

नयाँ संरचनामा अहिले रहेका आठ पृतना खारेज गरेर नदी–प्रणालीमा आधारित चारवटा केन्द्रीय कमान्ड बनाएको छ । तीमातहत युद्धक बाहिनी तथा युद्धक गण रहनेछन् । आठ पृतनाको संरचना प्रशासनिक प्रकृतिको रहेको भन्दै युद्धकालीन संरचना तयार गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सम्हालेको एक हजार दिनका अवसरमा आइतबार सार्वजनिक दस्ताबेजअनुसार चारवटै कमान्डका सेनापति तय भएका छन् भने कार्यान्वयन योजना पनि स्वीकृत भइसकेको छ । कोसीपूर्वलाई पूर्वी कमान्ड, काठमाडौं उपत्यकाबाहेक कोसी र गण्डकीबीचको भूभागलाई मध्य कमान्ड, काठमाडौं उपत्यकालाई उपत्यका कमान्ड र कर्णाली आसपास ९कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभाग०लाई समेटेर पश्चिम कमान्डको संरचना तयार गरिएको छ ।

करिब ६ सय पृष्ठ लामो दस्ताबेजमा पूर्वी कमान्डको मुख्यालय इटहरी, उपत्यका कमान्डको काठमाडौं, मध्य कमान्डको पोखरा र पश्चिम कमान्डको मुख्यालय सुर्खेतमा रहनेछ । पूर्वकमान्डले प्रदेश नम्बर १, २ र उपत्यकाबाहेक बागमती प्रदेश, मध्य कमान्डले गण्डकी र लुम्बिनी प्रदेश हेर्नेछ । त्यस्तै, पश्चिम कमान्डले कर्णाली र सुदूरपश्चिम प्रदेश हेर्नेछ ।

सेनाले ०७० मा जंगी अड्डाका महानिर्देशनालय र विभाग हेरफेर गरेको थियो भने ०७२ मा पृतनाको संख्या ६ बाट आठ पु¥याएको थियो । त्यतिखेर युद्धकेन्द्रित संरचना बनाउने कि संघीय प्रशासनिक सुहाउँदो संरचना बनाउने भन्नेमा सेनाभित्र सघन छलफल भएको थियो । सेनाको पुनर्संरचनाका लागि सुझाब दिन पूर्वसरकारले रक्षासचिव वामनप्रसाद न्यौपानेको नेतृत्वमा कार्यदल नै बनाएको थियो ।

न्यौपाने कार्यदलले युद्धकेन्द्रित र रणनीतिक महत्वका आधारमा सेनाको पुनर्संरचना गर्नुपर्ने सुझाब दिएको थियो । तर, तत्कालीन सैनिक नेतृत्वले नेपालको परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षा भनेको आन्तरिक सुरक्षा भएको निष्कर्षसहित सात प्रदेश र उपत्यकाको प्रशासनिक संरचना सुहाउँदो हुने गरी पृतना हेडक्वार्टर स्थापना गर्ने सुझाब दिएको थियो । अन्ततः न्यौपानेको सिफारिस कार्यान्वयन नगरी सेनाले आठ पृतनाको संरचना तयार गरेको थियो । त्यसपछि पृतनाले नै प्रदेश सरकारसँग समन्वय गर्दै आएको थियो ।, यो समाचार आजको नयाँ पत्रिका दैनिका छ ।

प्रतिक्रिया दिनुहोस्