Logo
Logo

महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती: प्रधानमन्त्री ओली


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताएका छन् । नेपाल धितोपत्र बोर्ड २८ वर्ष पूरा गरी २९ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देश दिँदै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताए ।

सन्देशमा लेखिएको छ, ‘कोभिड–१० को महामारीबाट विश्व अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा नेपाललाई पनि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ ।’

प्रधानमन्त्री ओलीले सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालन गरी जोखिम न्यूनीकरण गर्दै समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको सन्देशमा उल्लेख गरेका छन् ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि देशको वित्तीय क्षेत्र एवं समग्र अर्थतन्त्र गतिशील बनाउन तथा लगानीकर्ताको मनोबल उच्च बनाइराख्न पुँजी बजारका हालका गतिविधिले महत्वूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्