Logo
Logo
मन्त्रिपरषद् पुनर्गठन

मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा आज सुनुवाई


दृष्टि संवाददाता


काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा आज (मंगलबार) सुनुवाई हुँदै छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ सहित पाँच जनाले मन्त्रिपरिषद् पुनर्गठन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार बिरुद्धको रिटमा भर्चुअल माध्यमबाट सुनुवाई गर्नेगरी पेशी तोकेको छ । निवेदकले केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको रिट दावी गरेका छन् । प्रधानमन्त्रीले जसपाका महन्त ठाकुर पक्षलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्