Logo
Logo

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमाले विश्वासको मत दिने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री लालबहादुर खड्काका अनुसार मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको हो ।

केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने पक्षमा उभिएका छन् । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराको भनाई छ । तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए ।

एक सांसदका अनुसार बहुमत पक्षले फरक मत पनि राख्न नदिएको बताइएको छ । २४ सदस्यीय संसदीय दलमका ओली पक्षका ७ जना छन् ।

प्रतिक्रिया दिनुहोस्