जर्मनीले पठाएको स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण « Drishti News – Nepalese News Portal
Logo

जर्मनीले पठाएको स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण


दृष्टि संवाददाता



काठमााडौं । जर्मनी सरकारले कोरोना महामारी नियन्त्रणमा सहयोगस्वरुप उपलब्ध गराएको १ सय १२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले ती स्वास्थ्य सामाग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

युरोपेली संघको बृहत ईयू सोलिडारिटी प्याकेजअन्तर्गत आएका ती स्वास्थ्य सामाग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो । जर्मनीले उपलब्ध गराएको भेन्टिलेटरसहित ५ वटा आइसोलेसन टेन्ट, २० लाख ६८ हजार ५ सय केएन ९५ मास्क, ४ सय गमबुट, २९ हजार पल्स अक्सिमिटर, ३ करोड ३० लाख सर्जिकल मास्क र २५ हजार लिटर ह्याण्ड स्यानिटाइजर आज हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्