Logo
Logo

कोरोना खोपमा झुटैझुटको खेती


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाको दोस्रो लहर केही कम हुँदै गएको छ । तर, तेस्रो लहर रोक्ने हो भने धेरै भन्दा धेरै नागरिकलाई खोप लगाउनुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । तर, खोप खरिदमा सरकारले खासै प्रगती गर्न सकेको छैन ।

व्यापक हारगुहारपछि चीनले १० लाख डोज खोप दिएपनि त्यो अहिलेको अवस्थामा ज्यादै न्युन हुने देखिन्छ । विश्व स्वास्थ्य संगठनले अनुदानमा दिने कोभ्याक्समार्फत आउने खोपको समेत टुंगो लागेको छैन । यस्तो अवस्थामा सरकारी अधिकारी भने खोपको विषयमा एकपछि अर्काे झुट फैलाएर जनताको भावनामाथि खेलबाड गर्न व्यस्त छन् ।

यस्तो कामको सुरुवात राष्ट्रपति कार्यालयबाटै भयो । राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले अमेरिकाले ५० लाख डोज खोप दिने भनेर सार्वजनिक गरे । खासमा अमेरिकाले एसियाका १७ देशलाई ७० लाख डोज खोप दिने घोषणा गरेको थियो । त्यो पनि नेपालको राष्ट्रपतिको पहलमा भनेर प्रचार गरियो । जबकी अमेरिकाले विश्वभरी दिने खोपको विवरण सार्वजनिक गरेको थियो । त्यही गलत प्रचार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समेत फैलाए ।

यसअघि पनि बेलायतबाट २० लाख डोज खोप आउने भनेर प्रचार गरिएको थियो । तर, बेलायतले त्यसमा प्रष्टिकरण दिएर तत्काल दिन नसकिने जनायो ।

त्यस्तै, आइतबार मात्र स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत जनतालाई अर्काे झुटो खबर थियो । डेनमार्कबाट १४ लाख डोज खोप आउने भनेर भनियो । खासमा डेनमार्कले १÷२ लाख डोज मात्र दिने परराष्ट्र मन्त्रालय स्रोत बताउँछ । यसरी राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिहरु नै खोपको विषयमा एकपछि अर्काे गलत आवश्वासन दिन्न तल्लिन देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्