Logo
Logo

बालुवाटारमा बसेर साल्ट ट्रेडिङ डुबाउँदै दुगड


दृष्टि संवाददाता


काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटको बुँदा नं २११ मा भनिएको छ– ‘आयोडिनयुक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवं न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ’ भन्ने शब्द उल्लेख गरिएको छ । बालुवाटारमा बसेर बिचौलिया धन्दा गर्दै आएका प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडको दबाब र प्रभावमा यो बुँदा बजेटमा सेमटिएको बालुवाटार स्रोतले बताएको छ । नभए सरकारकै स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेशनलेलाई धरासायी पार्न यस बजेटमा यो बुँदा समेटिने थिएन ।

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार दुगड कुनै आर्थिकविज्ञ होइनन् । सुरुमा उनी सामान्य व्यापारी थिए । राजनीतिमा आएपछि उनी ‘पावर ब्रोकर’ रुपमा मारवाडी समुदायमा चिनिन थाले । प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध भएका कारण व्यापारीहरुले आफ्नो काम फत्ते गराउन तिनै दुगडलाई प्रयोग गर्ने गर्छन् । ओलीका विश्वास पात्रका रुपमा दिनरात बालुवाटार बस्ने दुगडले देखिने गरी सुपारी तस्करलाई कोटा वितरण गरे । तेस्रो मुलुकबाट नेपालमा सुपारी आयात गर्ने र त्यही सुपारीलाई नेपालको उत्पादन भनेर भारत निकासी, तस्करी गर्ने गिरोहमा दुगड पनि संलग्न छन् ।

बालुवाटार बसेर व्यापार गर्न पल्केका दुगडसँग चिनी व्यापारी शशिकान्त अग्रवाल मिलेमतो छ । अग्रवालसँग मिलेर नुनको व्यापार गर्न उनले नून व्यापारमा साल्ट ट्रेडिङ कर्पोरेशनको एकाधिकार तोड्न बजेटमा यो कुरा ल्याएका हुन् । विगत ५७ वर्षदेखि नुनको व्यापार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारको २१ प्रतिशत शेयर छ । आफ्नो स्वामित्व रहेको साल्ट ट्रेडिङले दुर्गम क्षेत्रमा प्रतिकिलो ९ रुपैयाँ र सुगम शहरी क्षेत्रमा प्रतिकिलो रु २० मा आयोनुन बिक्री गर्दै आएको छ ।

यसमा नेपाल सरकारको अनुदान र भारत सरकारको समेत सहयोग छ । यति राम्रोसँग राष्ट्रको सेवामा समर्पित संस्थालाई धरासायी बनाउन एउटा गिरोह बालुवाटारमा चक्कर काटिरहेको छ । जसले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नुन भण्डारण गर्नका लागि ‘जाइका’ले बनाइदिएको गोदामको रकम समेत सरकारको लगानीमा जोड्नुपर्ने गलत सल्लाह दिएको छ । त्यही सल्लाहबमोजिम दुगडले आफू राज्यमन्त्री भएको बेला साल्ट ट्रेडिङ कर्पोरेशनमा लगानी गर्ने सर्वसाधारण शेयरधनीको मुनाफा ३ वर्षदेखि रोकेरै राखेका छन् ।

नेपालमा नुन आयात गर्ने अनुमति साल्ट ट्रेडिङ कर्पोरेशनलाई मात्र छ । तर, बजारमा उक्त नुन देखिएपछि गुणस्तर विभागले छानबिन त ग¥यो, तर दुगडमाथि कारवाही भने अहिलेसम्म गरेको छैन । दुगडले नक्कली नुनको प्याकेट बनाएर साल्ट ट्रेडिङकै नुन बेच्थे । विभागले अनुगमनको क्रममा भाटभटेनी सुपर मार्केटबाट नक्कली ‘टेबल साल्ट’ नुनको प्याकेट बरामद गरेको थियो ।

त्यति मात्र होइन, साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेल उत्पादन गर्न हेटौंडा औद्योगिक क्षेत्रमा मेसित समेत जडान गरेको छ । तर उत्पादनका लागि चाहिने विद्युत अहिलेसम्म स्वीकृत भएको छैन । त्यस्तै भूकम्पका बेला सर्वसाधारणलाई बाँड्न सरकारले जस्तापाता आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेशनलाई आग्रह ग¥यो । साल्ट ट्रेडिङले आयात गरेको करिब २५ करोड बराबरको जस्तापाता खिया लाग्ने अवस्थामा थन्किएको छ । त्यसको प्रयोग गर्ने विषयमा सरकारले केही सोचेको छैन ।

तत्कालीन आपूर्तिमन्त्री मातृका यादवलाई समेत निजी क्षेत्रले नुन आयातका लागि अनुमति दिन दुगडले ठूलो दबाब दिएका थिए । तर, यादवले दुगडको कुरा नमान्दा प्रधानमन्त्री स्वयं यादवसँग रिसाए । यस घटनाबाट पनि प्रधानमन्त्रीको नियत उदांगो हुन्छ । त्यसपछि मन्त्रीबाटै यादवलाई हटाइदिए ।

दुगड तिनै व्यक्ति हुन्, जसले बजारबाट साल्ट ट्रेडिङको नुन प्रतिकिलो २० रुपैयाँमा किनेर ३५ रुपैयाँमा आफ्नो ब्राण्ड बनाएर बिक्री गर्थे । नेपालमा नुन आयात गर्ने अनुमति साल्ट ट्रेडिङ कर्पोरेशनलाई मात्र छ । तर, बजारमा उक्त नुन देखिएपछि गुणस्तर विभागले छानबिन त ग¥यो, तर दुगडमाथि कारवाही भने अहिलेसम्म गरेको छैन । दुगडले नक्कली नुनको प्याकेट बनाएर साल्ट ट्रेडिङकै नुन बेच्थे । विभागले अनुगमनको क्रममा भाटभटेनी सुपर मार्केटबाट नक्कली नुनको प्याकेट बरामद गरेको थियो ।

निजी क्षेत्रलाई नुनको जिम्मा दिन प्रधानमन्त्री स्वयंले मन्त्री यादवलाई दबाब दिएका थिए । तर, मन्त्री यादवले प्रधानमन्त्रीको कुरा टेरेनन् । त्यसपछि प्रधानमन्त्री मन्त्री यादवसँग रिसाए । मन्त्रालयको जिम्मा दिए पनि मन्त्री यादवले लगेका कतिपय राम्रा कुरा प्रधानमन्त्रीले कार्यान्वयन गर्न दिएनन् । नुनको त के कुरा कर्मचारी सरुवामा समेत बालुवाटारले हस्तक्षेप गरेर मन्त्री यादवलाई हायलकायल पारे । प्रधानमन्त्रीसँग टसल बढ्दै गएपछि आफ्नो पीडा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि सुनाए । प्रचण्डको पनि कुरै नसुन्ने प्रधानमन्त्रीसँग बस्नुभन्दा हट्नु नै ठिक भनेर मातृका यादव मन्त्रीबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्