Logo
Logo

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यविधिकाे चिकित्सक संघकाे विरोध


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि ल्याएको छ। विस्तारित अस्पताल सेवा उपलव्ध गराउने उद्देश्यले सरकारले स्वास्थ्य चिकित्सक तथा नर्स लगायत स्वास्थ्यकर्मीले एकभन्दा बढी स्वास्थ्य संस्थामा काम गर्ने परिपाटीलाई हटाउन यो कार्यक्रम ल्याएको हो ।

कार्यविधि लागू गर्नका लागि कार्यरत संस्थाले अतिरिक्त भत्ता र अन्य सुविधा उपलव्ध गराउने, कार्यविधिअनुसार कार्य सम्पादनका आधारमा चिकित्सकलाई शतप्रतिशत र कार्यक्रम सञ्चालनबाट प्राप्त आयमा ८० प्रतिशत अतिरिक्त भत्ता चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई दिइनुपर्ने उल्लेख गरिएको छ । 

यस्तै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको निशुल्क स्वास्थ्य बीमा र व्यवसायीक क्षमता अभिवृद्धि तालिमको पनि व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ । 

तर, सरकारी चिकित्सक संघले भने विगतमा भएका सहमति र सुझाव विपरित कार्यविधि आएको भन्दै त्यसको विरोध गरेको छ।

हेरौं कार्यविधि

प्रतिक्रिया दिनुहोस्