Logo
Logo

गाउँगाउँमा कोरोना फैलिएको सरकारकाे दावी


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले गाउँगाउँमा कोरोना भाइरसको संक्रमण फैलिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा नियन्त्रणमा आइसकेको संक्रमण अहिले फेरि बढेको जनाएको हो।

देशभर हाल पाँच सय भन्दाबढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या ४२ पुगेको छ । तीमध्ये पनि सबैभन्दा धेरै संक्रमित काठमाडौं, ललितपुर, मोरङ, भक्तपुर, रुपन्देही, झापा, कैलाली, कास्की, काभ्रेपलाञ्चोक र चितवनमा छन् ।

पछिल्लो १४ दिनमा गरिएको परीक्षणमा सबैभन्दा धेरै संक्रमण प्रदेश नम्बर १ मा पाइएको छ । अहिले २१ देखि ५० वर्षसम्म उच्च संक्रमण देखिएको छ।  त्यसपछि ५१ देखि ६० वर्ष सम्मकालाई धेरै संक्रमण भएको पाइएको छ।

तर, अहिले सबैभन्दा धेरै संक्रमण भने कर्णाली प्रदेशमा रहेको र कर्णालीका गाउँगाउँमा संक्रमित फेला परेकाे सरकारकाे दावी छ ।  

प्रतिक्रिया दिनुहोस्