Logo
Logo

प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने


दृष्टि संवाददाता


जनकपुरधाम । प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने भएको छ । सभामुख सरोजकुमार यादवले आज (बुधबार) प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन् ।

प्रदेश प्रमुख डा राजेश ‘अहिराज’ले दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसैबीच मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको सशर्त अनुदान योजना सन्दर्भमा उत्पन्न समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजोदेखि अवरूद्ध प्रदेशसभा बैठक आज पुनः सञ्चालन भएको छ ।

सशर्त अनुदान योजनामा प्रदेशसभा सदस्यले पेश गरेको योजना नसमेटिएको, स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै विपक्षी दल नेकपा एमाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले बैठक अवरूद्ध गरेका थिए ।

आजको बैठकमा मुख्यमन्त्री राउतले स्थानीय तहको सशर्त अनुदानको योजना सच्याउने प्रतिबद्धता व्यक्त गर्दै सोका लागि कानूनमन्त्रीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्