Logo
Logo

सशस्त्र प्रहरीको एसपी बढुवामा विवाद, दुई डिएसपीले दिए उजुरी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १२ चैत ।
सशस्त्र प्रहरी बलको एसपी बढुवा विवादमा परेको छ । बढुवामा अन्याय भएको भन्दै दुई सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)ले उजुरी दिएका छन् । डिएसपी लेखनाथ खनाल र अच्युत मजगैयाले आइतबार उजुरी दिएका हुन् ।


सशस्त्र प्रहरी नियमावलीको नियम ५५ मा बढुवा सिफारिस उपर चित्त नबुझे उजुरी गर्न सक्ने प्रावधान छ । गत ५ चैतमा बढुवा सिफारिस समितिले ३७ जना डिएसपीलाई एसपी बढुवामा सिफारिस गरी चित्त नबुझे एक साताभित्र उजुरी दिन सूचना प्रकाशन गरेको थियो । बढुवा समितिले निष्पक्ष मूल्याङकन नगरी आफूहरुलाई अन्याय गरेकाले उजुरी दिएको डिएसपी खनालले बताए ।

गृहसचिव नेतृत्वको बढुवा उपरको बढुवा उपर उजुरी सुन्ने समितिमा उनीहरुले उजुरी दिएका हुन् । सो समितिको सदस्यमा सशस्त्र प्रहरी महानिरीक्षक सदस्य रहन्छन् । महानिरीक्षक नेतृत्वकै बढुवा सिफारिस समितिले गत साता बढुवा सिफारिस गरेको थियो ।

सो समितिले फेरि मूल्याङकन गर्न भने पाउँदैन । कुनै उम्मेदवारले प्राप्त गर्नुपर्ने अंक नदिई वा उम्मेदवारले प्राप्त नगर्ने अंक दिई मूल्याङकनमा त्रुटी गरेको अवस्थामा मात्र उजुरी सुन्न समितिले सिफारिस हेरफेर गर्न सक्ने अवस्था छ । उजुरी झुठा भएमा कार्यसम्पादन मूल्याङकनमा २ नमबर घट्ने प्रावधान छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट व्यक्तिहरुको आर्थिक चलखेलका कारण बढुवा विवादमा परेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्