Logo
Logo

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा रहेको उल्लेख छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ ।

उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ । उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ ।

प्रतिक्रिया दिनुहोस्