Logo
Logo

कृष्ण थापा विरुद्धको भ्याकेट चुडाल र प्रधानको इजलासमा


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको मुद्दा न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ । थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) मुद्दा चुडाल र प्रधानको इजलासमा तोकिएको हो ।

मंगलबार न्यायाधीश चुडालको एकल इजलासले सांसद थापालाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सो मुद्दामा राष्ट्रिय जनमोर्चाले बुधबार पुनरावलोकन निवेदन दर्ता गराएको हो ।

गण्डकी प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका तोकिएको तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्