Logo
Logo

पुरुषले मात्रै खाना पकाउने अनौठो गाउँ


दृष्टि संवाददाता


एजेन्सी । हाम्रो जस्तो परम्परागत समाजमा घरमा खाना पकाउने काम भन्ने बित्तिकै महिलाले नै गर्नुपर्छ भन्ने सोच छ । समाजमा अपवाद बाहेक घरमा खाना पकाउने काम गृहिणी महिलाले नै गर्दछन् । तर छिमेकी मुलुक भारतको एउटा यस्तो गाउँ छ । जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरुको मात्र रहेको छ ।

समाचारमा जनाइए अनुसार भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ ।

उक्त गाउँका पुरुषहरुले किचेनका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरुले नै घरको खाना पकाउने परम्परा चल्दै आएको छ । गाउँमा झण्डै ८० घर छन् भने गाउँभरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन्।

पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरुमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ । वर्षको ६ महिना त उनीहरुले बिहे लगायतका भोजमा खाना पकाउने काम नै गर्दछन् । परिवारका अन्य सदस्यहरु कृषि पेशामा रहेका उक्त गाउँका पुरुषहरु खाना पकाउने कामबाट बँचेको समय खेतिपातीमै व्यस्त हुने गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्