Logo
Logo

२४ घण्टामा ३ हजार ७४९ जनामा काेराेना, ५९ मृत्यु


दृष्टि संवाददाता


काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। १५ हजार २३८ नमूना परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो। ९ हजार ९०१ नमूनाको पीसीआर र ५ हजार ३३७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो ।

पछिल्ला केही दिनयता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ। बिहीबार ५ हजार २९३ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका ५ हजार २ सय ९३ संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्