Logo
Logo

ठमेलमा जुवा खेलिरहेका पाँच जना पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं-काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित सगरमाथा ट्रेकिङ पसलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

पसलका संचालक काठमाडौं ठमेल बस्ने गोरखा घर भएका ४२ वर्षीय हस्तबहादुर परियार समेत ५ जनालाई १ बुक तास र नगद ४५ हजार ५० रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका–६ भरतपाटीस्थित निर्माणधिन घरमा जुवातास खेलिरहेको अवस्थामा टोखा नगरपालिका–८ घर भएका ३६ वर्षीय रामदेव रिमाल समेत १४ जनालाई ६ बुक तास र नगद ४ लाख ३५ हजार रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्