Logo
Logo

सेयर बजारमा करेक्सन, कारोबारमा उछाल


दृष्टि संवाददाता


काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ दशमलव ८ अंक घटेर २ हजार ९ सय ४४ दशमलव ७८ विन्दुमा पुगेको छ। नेप्सेले यस दिन अघिल्लो कारोबार दिन भएको करेक्सनलाई नै निरन्तरता दिएको हो।

सेयर बजारमा सामान्य करेक्सन भएपनि कारोबार रकममा भने उछाल देखिएको छ। दिनभरीमा १६ अर्ब १० करोड रुपैयाँको किनबेच भएको छ। २ सय २० कम्पनीको १ लाख ५५ हजार ६९० पटकको कारोबारमा १६ अर्ब १० करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१२ जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पाँचथर पावर कम्पनी, लिबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी लगायतका कम्पनीहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

प्रतिक्रिया दिनुहोस्