Logo
Logo

चौधरी फाउण्डेसनद्वारा वीर अस्पतालमा १८ शैय्याको आइसियू निर्माण


दृष्टि संवाददाता


काठमाडौं। चौधरी फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि विहीबार हस्तान्तरण गरेको छ। कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड निर्माण गरेको हो।

फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक कार्यक्रममा कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुखप्रा.डा.जागेश्वर गौतमलाई आईसियू वार्ड हस्तान्तरण गरे।

वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौं शैय्या र दोस्रो तलामा नौं शैय्या गरि कुल १८ शैय्याको आईसियू वार्ड निर्माण भएको छ। 

प्रतिक्रिया दिनुहोस्