Logo
Logo

काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउने कार्य स्थगित


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडौं महानगरमा सञ्चालन भइरहेको कोरोनाविरुद्धको खोप लगाउने कार्य बीचमै स्थगित गरिएको छ।

६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको यो चरणको खोप जिल्लालाई छुट्याइएको संख्या पुरा भएको भन्दै महानगरले स्थगित भएको सूचना सार्वजनिक गरेको हो।

जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्