Logo
Logo

राजेश हमालले धरहराको टुप्पोमा काटे केक


दृष्टि संवाददाता


काठमाडौं । नायक राजेश हमालले बुधबार आफ्नो जन्मदिन विशेष तरिकाले मनाएका छन् । धरहराको टुप्पोमा पुगेर काठमाडौं नियाल्दै हमालले केक काटेका छन् । हमालले केक काट्ने क्रममा उनकी पत्नी मधु भट्टराई पनि उनको साथमा नै रहेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गरेका थिए । तर, धरहराको काम भने सकिएको छैन । सर्वसाधारणका लागि धरहरा चढ्न खुल्ला गरिएको छैन । तर नायक हमाले जन्मदिनको केक काट्नका लागि धरहरालाई रोजेका हुन् ।

धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउनका लागि भन्दै हमालले धरहराको टुप्पोमा पुगेर केक काटेका हुन् । उनले केक काटेर धरहरा निर्माणमा खटिएका मजदुरहरुसँग खुसी साटेका थिए । नायक हमालले बेलुकी उनले परिवारसँग जन्मदिनको सेलिब्रेशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्