Logo
Logo

सभामुख सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका छन् । यसबीच सभामुख सापकोटाले शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् ।

सभामुखको सचिवालयले दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको जनाएको छ ।

सापकोटाले ८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्