Logo
Logo

नागरिक अगुवाको प्रदर्शनमा प्रहरी हस्तक्षेप

पत्रकार नारायण वाग्ले, सञ्जिव उप्रेतीसहित ८ जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । नागरिक समाजका अगुवाहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले भने हस्तक्षेप गरेको छ ।

खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन् । नागरिक अगुवाहरुले कानुन मिचेर झापाको वि एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेको भन्दै विरोध गरेका छन् । प्रदर्शनमा उत्रिएका पत्रकार नारायण वाग्ले, सञ्जिव उप्रेतीसहित ८ जनालाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्