Logo
Logo

दुई हजार धरौटीमा छुटे गणेश लामा


दृष्टि संवाददाता


पोखरा । पोखराको लेकसाइड स्थित एक होटलबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार धरौटी लिएर छाडेको हो ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पोखराको लेकसाइड स्थित एक होटलबाट पक्राउ गरेको थियो ।

कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले लामासहित पक्राउ परेका तीनै जनालाई रिहा गर्न आदेश दिएका हुन् । प्रजिअ गौतमको आदेशसँगै लामासहित पक्राउ परेका नेता चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा भएका छन् ।

उनलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार कारबाहीका लागि प्रशासनमा पठाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले बताए । अध्यादेशमा निषेधाज्ञा उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्