Logo
Logo

बीएन्डसीलाई प्रक्रिया पूरा गरेर मात्रै सम्बन्धन दिइने


दृष्टि संवाददाता


काठमाडाैं । चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको छ । 

निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले बीएण्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको जानकारी दिए ।

‘बीएण्डसीको बारेमा प्रक्रिया पुर्‍याई सम्बन्धन दिने कुरा भएको छ, सम्बन्धन पाउने भयो,’ उनले भने, ‘ऐन नियम कानुनले के भन्छ हेरेर आयोगले सिफारिस गर्नुपर्छ ।’ आयोगले सिफारिस गरेपछि काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने निर्णय लिने उनले बताए । 

काठमाडौं विश्वविद्यालयले ऐन, नियमविपरित सम्बन्धन दिने प्रक्रिया अघि बढाएको थियो । बीएडन्सीको आशयपत्र हालसम्म नवीकरण भएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्