Logo
Logo

सचिवमा भण्डारीको बढुवा, सामान्यमा पदस्थापन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ चैत । सहसचिव केवलप्रसाद भण्डारी सचिवमा बढुवा भएका छन्।

अर्थ मन्त्रालयका सहसचिव रहेका भण्डारीलाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको हो।
सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयमा उनको पदस्थापन हुने सम्भावना छ । मन्त्रालयका सचिव दिनेश थपलिया सोमबार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भइसकेका छन् ।
थपलियाले प्रमुख निर्वाचन आयुक्त सिफारिस हुनुअघि सचिव पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्