Logo
Logo

रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठनको तयारी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ चैत । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गरिने भएको छ।

This undate image shows Minister for Culture, Tourism and Civil Aviation Rabindra Adhikari. Photo: Balkrishna Thapa Chhetri/ THT

आगामी बैसाख २२ गते उनको जन्मदिनमा औपचारिक घोषणा गर्ने गरी ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गर्न लागिएको पत्नी विद्या भट्टराईले जानकारी दिइन्। ’प्रतिष्ठानको स्वरुप र संरचनाको विषय अहिले छलफलकै चरणमा छ, तयारी समिति निर्माण गरेर काम अगाडि बढाइएको छ,’ मन्त्री अधिकारीको स्मृतिमा प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित श्रद्धाञ्जलीसभामा उनले भनिन्।

उनका अनुसार प्रतिष्ठान निर्माण गर्न प्रा डा भरतप्रसाद पहारीको संयोजकत्वमा नौ सदस्यीय तयारी समिति बनाइएको छ। समितिमा राजनीतिक प्रतिनिधि, परिवारका सदस्य, शुभेच्छुक र मन्त्री अधिकारीका साथी आबद्ध छन्।

’म धेरै भन्न सक्ने अवस्थामा त छैन, समृद्धिबाट परिवर्तन भन्ने उहाँको जुन मान्यता थियो, त्यसलाई आगामी दिनमा अगाडि लिएर जान सक्यौँ भने उहाँ प्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ,’ पत्नी विद्याले भनिन्।

अधिकारीका ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र संविधानसभा र राज्य पुनःसंरचना’ गरी दुई पुस्तक प्रकाशित छन्।

गत फागुन १५ गते तेह्रथुमको चुहानडाँडा विमानस्थलका लागि स्थलगत अध्ययन गरेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको तारेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्