Logo
Logo

२९ औं जन्मदिन मनाउँदै दिशा


दृष्टि संवाददाता


बलिउड । बलिउड नायिका दिशा पटानीले आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । उत्तरप्रदेशको बरेलीमा जन्मिएकी दिशा पढाइमा सानैदेखि निकै नै सिपालु थिइन् । उनी आफ्नो पढाइलाई अगाडि बढाउँदै गर्दा बैज्ञानिक बन्ने सपना देखेकी थइन् । सन् २०११ म लखनउमा एमिटी यूनिभर्सिटीमा बायोटेकको पढाई सुरु गरेपछि उनले मोडलिङ यात्रालाई पनि अगाडि बढाएकी हुन् ।

दिशालाई कलेजको बिदाई पार्टीमा ‘मिस कलेज’ चयन गरिएको थियो । यसपछि उनले ‘मिस लखनउ’मा भाग लिइन् । यो प्रतिस्पर्धा जितेपछि दिशाको रंगिन दुनियाँको यात्रा सुरु भएको बताइन्छ ।

मोडलिङको यात्रा अगाडि बढाउँदै गर्दा दिशालाई नायिका बन्ने सोच आएको थियो । दिशाले तेलुगु चलचित्र ‘लोफर’बाट करिअरमा डेब्यू गरेकी हुन् । हिन्दी चलचित्रमा भने दिशाले सन् २०१६ मा रिलिज भएको ‘एमएस धोनी’बाट करिअर सुरु गरेकी हुन् ।

दिशाले अभिनय गरेको चलचित्र ‘बागी २’ पनि सुपरहिट भएको थियो । दिशाको यो बर्ष मात्र चलचित्र ‘राधे’ रिलिज भएको थियो । यो चलचित्रमा उनको भूमिकालाई दर्शकले रुचाए भने दिशाको बोल्ड अवतार पनि दर्शकले मन पराएका छन् ।

बलिउड नायक टाइगर श्राफसँग दिशाको प्रेम चर्चा चलिरहेको हुन्छ । तर, यी दुइले प्रेम स्विकार भने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्