Logo
Logo

परराष्ट्र मन्त्रालयमा अर्काे काण्ड


- दृष्टि न्युज/संवाददाता



काठमाडौँ, १३ चैत ।
परराष्ट्र मन् त्रालयमा अर्काे काण्ड मच्चिएको छ । दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्री केपी ओलीलाई ’राष्ट्रपति’ सम्बोधन गरेको गम्भीर त्रुटिबारे भएको हो । जसबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।

भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुझाएको ओहोदा प्रमाणपत्रबारे फागुन अन्तिम साता विज्ञप्ति जारी गर्ने क्रममा ’नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरणसहित उल्लेख गरेको थियो । उक्त त्रुटीलाई लिएर नियोग उपप्रमुख भरतकुमार रेग्मीसहित सम्बद्ध अधिकारीलाई स्पष्टीकरण माग गरिएको परराष्ट्र स्रोतले बतायो ।

गत पुस १० मा इन्डोनेसियामा आएको सुनामीका कारण जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डोनेसियाली राष्ट्रपतिलाई ’समवेदना’ जनाउनुपर्नेमा ’शुभकामना’ पढाउँदै विज्ञप्ति जारी गरेको थियो । उक्त लापरबाहीबारे परराष्ट्र मन्त्रालयले छानबिन गरिने प्रतिक्रिया दिए पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । मन्त्रालयका कर्मचारीहरुको असक्षमताका कारण एकपछि अर्काे काण्ड हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्