Logo
Logo

अमेरिका भ्रमणबाट प्रचण्ड आज स्वदेश फर्कदै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ चैत ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ आज अपराह्न नेपाल फर्कँदै छन्।

पत्नीको उपचारका लागि प्रचण्ड स्वकीय सचिव तथा छोरी गंगा दाहालसहित अघिल्लो आइतबार साँझ अमेरिकातर्फ प्रस्थान गरेका थिए। अमेरिकाको जोन होप्किन्स अस्पतालमा उपचार गराइरहेकी प्रचण्ड पत्नी सीतालाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) भएको केही महिनाअघि सिंगापुरमा पुष्टि भएको थियो।
अमेरिका भ्रमणको बेला उनले केही अमेरिकी अधिकारीहरुसँग भेटघाट समेत गरेका छन् । साढे ३ बजे उनी फर्कने कार्यक्रम रहेको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्