Logo
Logo

उद्धारमा जुट्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि पार्टीका नेता तथा कार्यकर्ता र सरकारसँग आग्रह गरेका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन पार्टीका नेता–कार्यकर्ता तथा सरकारी निकायसँग आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्री नेपालले सरकारलाई तत्काल विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक लत्ताकपडा एवम् स्वास्थ्य सामग्री सहितको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा रहेको भन्दै सबैलाई हतर्क रहन उनको अनुरोध छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङमा दर्जनौँ घर बगाउनका साथै सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत अन्य क्षेत्रमा समेत क्षति र दर्जनौँ व्यक्ति वेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्