Logo
Logo

विप्लव प्रकरणले सेनाका प्रवक्ता फेरिए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ चैत ।
नेपाली सेनाका प्रवक्ता तीन महिनामै फेरिएका छन्। प्रवक्ता रहेका सहायक रथी यामप्रसाद ढकाल २ बाहिनी धनकुटा सरूवा भएका छन्। नयाँ प्रवक्तामा १९ नम्बर बाहिनी दाङमा रहेका सहायक रथी विज्ञानदेव पाण्डे आएका छन्।


प्रवक्ता ढकाल विवादमा परेपछि उनलाई नयाँ जिम्मेवारी दिइएको स्रोत बताउँछ । उनको भनाई कोट गर्दै विप्लवको समाधान राजनीतिक रुपमा हुनुपर्ने सेनाको अडान रहेको समाचार आएका थिए । सरकारले सो समूहलाई प्रतिबन्ध लगाई अपराधिक समूहका रुपमा कारबाही थालेपछि त्यस्तो समाचार आएपछि सेना विवादमा तानिएको थियो । प्रवक्ता ढकालले भने आफूले कतै पनि त्यस्तो नबोलेको बताएका थिए । त्यससम्बन्धि विवाद आएपछि सेनाले आन्तरीक रुमपा छानबिन गरेको थियो ।

सैनिक प्रवक्तासँगै दर्जन सहायक रथीहरू पनि सरुवा भएका छन्। शान्ति सेना निर्देशनालयका रथी दामोदर थापा उपत्यका पृतनामा सरूवा भएका छन्।

२ नम्बर बाहिनीका सागरबहादुर केसी कल्याणकारी योजनामा सरूवा भएका छन्। सम्भार रथीमा रहेका रामबहादुर ढुंगाना पश्चिम पृतना पोखरा सरूवा भएका छन्। कुमार लामा २४ बाहिनी जुम्लाबाट सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, ५ बाहिनीका हिरालाल जोशी शान्ति सेना निर्देशनालय,उत्तर पश्चिम पृतनामा कार्यरत सहायक रथी अर्जुन श्रेष्ठ राष्ट्रिय निकुञ्ज हेर्ने निर्देशनालयमा सरूवा भएका छन् ।

पश्चिम पृतना पोखराका दीपक बानिया २४ बाहिनी जुम्ला सरूवा भएका छन् भने राष्ट्रिय निकुञ्ज निर्देशनालयमा कार्यरत होमनाथ दवाडी ५ बाहिनी धनगढीमा सरूवा भएका छन्। त्यस्तै डिएमआइमा कार्यरत सुशीलकुमार भण्डारी १९ बाहिनी दाङ सरूवा भएका छन्।

प्रतिक्रिया दिनुहोस्