बाजुरा । लगातारको वर्षाको कारण बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा परेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नाैवटै स्थानीय तहका १ सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराको ‘जिल्ला विपत पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७’ मा १ सय १६ गाँउ जोखिम रहेको उल्लेख छ । ती गाँउहरुलाई अन्य ठाँउ स्थान्तरण गर्नुपर्ने समितिले जनाएकाे छ ।
सधैँको वर्षातको समयमा उक्त गाउँहरु जोखिम हुने र केही परिवार पूर्णरुपमा विस्थापित भएकाले उनीहरुलाई अन्य ठाँउमा सारिनु पर्ने स्थानीयकाे माग छ ।
त्रिबेणी नगरपालिकामा १३ गाँउका ९ सय ७१ परिवार उच्च जोखिममा रहकाले ती परिवारलाई अन्यत्र सारिनु पर्ने प्रतिकार्य योजनामा उल्लेख छ । नगरपालिकाको १ विशाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोटका २ सय ७२ घरधुरी, वडा नं ४ को पीपलसैन राउतेलाका १ सय ५७ घरधुरी, वडा ५ किम्नीका २ सय १७ घरधुरी बाढीपहिरोको जोखिममा रहेको बताइएको छ ।
त्यस्तै बुढिगंगा नगरपालिकामा २५ गाँउका ६ सय २५ परिवार, बुढिनन्दा नगरपालिकामा १० गाँउ, खप्तड छेडेदह गाँउपालिकामा १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेका छन् ।
खप्तड छेडेदहका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् ।
बुढिनन्दाका पिपलडाली, साउने गाँउ, दैया, मटेला, पारतोला, जंसाल, रावतवाडा, कोल्टी वजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोट गाँउ स्तान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
जगन्नाथ गाँउपालिका मुसेखोला, तल्लो हुनी र वस्केना गरि ३ गाँउ उच्च जोखिममा रहेका छन् । त्यस्तै स्वामीकार्तिक गाँउपालिका ९ गाँउ जोखिममा रहेका छन् । गाँउपालिका वर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु गाँउ जोखिममा रहेको गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले वताएका छन् । हिमाली गाँउपालिका ५ वटा गाँउ जोखिममा रहेका छन् ।
बडिमालिका नगरपालिका १५ गाँउ उच्च जोखिममा रहेका छन् । तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर र चुथी जोखिममा रहेका छन्, । त्यस्तै मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना, पाटा रहेका छन् । गौमुल गाँउपालिका २१ गाँउका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन् ।
गैर सरकारी महासंघ बाजुराका सचिब कृष्ण अधिकारीले भने जिल्लामा धेरै गाउँ बाढीपहिरोको उच्च जोखिममा भएपनि सरकारले बस्ती स्तान्तरण गर्न कुनै पहल नगरेको बताए । वर्षातमा अधिकांश परिवार घर छाड्न गरेको उनको भनाइ छ ।
साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने विपत ब्यवस्थापनका लागि स्थानिय सरकार र सरोकारवाला निकायसँग समन्वय भइरहेको बताए ।











