Logo
Logo

टुङ्टुङ लेकका पहिरामा चार बेपत्ता


दृष्टि संवाददाता


जुम्ला । जुम्लाको पातारासी गाउँपालिका लेखिढुङ्गा टुङ्टुङ लेकमा पहिरोमा परी चार जना बेपत्ता भएका छन । सो क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन ।

पहिरोमा घाइते भएका मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको स्वास्थावस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरोमा परी घाइते भएका अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।

उनीहरु जडिबुटी खोज्न पाटन गएका बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले भने, मौसममा सुधार हुने बित्तिकै हवाई बेपत्ताको खोजी शुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्