Logo
Logo

नेप्से सूचक घट्याे, काराेवार पनि न्यून


दृष्टि संवाददाता


काठमाडाैं । साताकाे अन्तिम दिन नेप्से परिसूचक आज १ दशमलव २९ अंकले घट्दै २ हजार ९ सय ६८ दशमलव ४३ विन्दुमा रोकिएको छ ।

बिहीबार धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा लगानी जोखिम रहेको विवरण सार्वजनिक गरेपछि बुधबार बजार ५२ अंकले घटेको थियो। बिहीबार थप १ दशमलव ३० अंकले बजार घटेको हो। ६ वटा उपसमूह हरियो हुँदा ७ वटा उपसमूह रातो भएका छन्। कुनै पनि उपसमूहमा ठूलो घटबढ भएको छैन।

बजारमा ११ अर्ब रुपैयाँ भन्दा कम मूल्यको सेयर किनबेच भएको छ। यो कारोबार रकम १ दिन बाहेक पछिल्लो एक महिना यताकै सबैभन्दा कम हो।

बजार खुलेको केही समयपछि नै नेप्से तिव्र गतिमा ओरालो लागेको थियो। तर, केही समयपछि नै पुनः तिव्र बढेको नेप्से पुनः सोही गतिमा ओरालो लागेको थियो। त्यसपछि बजार पुनः उकालो लागेर करिब ३००० विन्दु नजिक पुगेको नेप्से, साढे १ बजेपछि पुनः ओरालो लागेको थियो।

प्रतिक्रिया दिनुहोस्