Logo
Logo

मौसम पूर्वानुमानः केही दिन निरन्तर ठूलो पानी पर्ने सम्भावना कम


दृष्टि संवाददाता


काठमाडौं । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी केही ठाउँमा सामान्य बादल लागेको र केही ठाउँमा मौसम सफा रहेको छ ।

काठमाण्डौ उपत्यकामा अहिले समान्यतया मौसम सफा रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले दिउँसोपछि बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

आज वाग्मती र प्रदेश १ का एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । तर लामो समय पानी पर्ने नदेखिएको छ । अबको तीन दिन देशका धेरै ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम पानी परे पनि निरन्तर लामो समय ठूलो पानी पर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले यसअघि धेरै पानी परेकोले सामान्य पानी पर्दा पनि पहिरो तथा बाढीको सम्भावना रहने भएकाले सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्