Logo
Logo

दक्षिण कोरियाका नेपालीहरुलाई अब मेगा बैंकबाट रकम पठाउन निकै सजिलो


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १४ चैत । मेगा बैंक नेपाल लिमिटेड र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंकले आप्mनै ‘मेगारेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा निकै लोकप्रिय रहेको कोइनसट कम्पनीसँग सम्झौता गरेको हो । कोइनसटसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा नेपालको पहिलो वाणिज्य बैंक हो । यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीहरुले मेगा बैंकका देशभरका १ सय २ वटा शाखा र अन्य बैंकहरुमा रहेको खातामा मेगामार्फत रकम जम्मा गर्न सक्नेछन् । यसका साथै मेगा बैंकका देशभर छरिएका २ हजार ३ सय भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सहजै रकम भुक्तानी लिने व्यवस्था पनि मिलाइएको छ ।

मेगा बैंकले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले ‘मेगा मातृभूमि बचत खाता’ को व्यवस्था पनि गरेको छ । दक्षिण कोरियामा रहेका मेगा बैंकका प्रतिनिधिमार्फत शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले बिभिन्न सुविधा पनि दिएको छ । जसमा ६.५ प्रतिशत त्रैमासिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने आवास कर्जा र सवारी साधन कर्जामा पनि विशेष छुटको व्यवस्था बैंकले गरेको छ । सीआस्बा सुविधा र आईपिएस सुविधा पनि उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्