Logo
Logo

विकासका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोत परिचालन गरिनेछ : प्रम ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र समृद्धि हासिल गर्नका लागि आन्तरिक र बाह्य दुवै प्रकारको स्रोत परिचालन गर्नु पर्ने बताउनुभएको छ ।

नेपाल आठौं अन्तर्राष्ट्रिय व्यापार मेला–२०७५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको बताउनुभएको छ । “सरकार राष्ट्रिय आकांक्षा पुरा गर्न बहुआयामिक विकासमा लाग्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोतको परिचालन गरिनेछ ।”
प्रधानमन्त्री ओलीले स्वदेशी लगानीलाई प्रोत्साहित गर्दै विदेशी लगानीलाई समेत आकर्षित गरिने बताउनुभएको छ । “सरकारले आयोजना गरेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा म भन्न चाहन्छु हामी स्वदेशी उद्यमी र लगानीकर्तालाई उच्च प्राथमिकतामा राख्छौं । विदेशी लगानीकर्तालाई नेपालमा स्वागत गर्न ऐन कानुन सजिलो बनाउछौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “लगानी प्रवद्र्धन गर्न सरकारको तर्फबाट कुन कुन ऐन कानुन संसोधन गर्नुपर्दछ तपाईंहरुको सुझाव आओस । सरकारले त्यस्ता कानुनहरुको संसोधन गर्दछ । ”
प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुनौलो भूमी भएको बताउनुभएको छ । “विदेशी लगानीका लागि नेपाल उपयुक्त छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यहाँ प्रतिष्पर्धा कम छ । त्यसैले पनि लगानी गर्न आउनेहरुलाई यहाँ सजह छ ।”
प्रधानमन्त्री ओलीले विगतमा मुलक वर्वाद पारिएको सवाइ सुनेर मात्र देश विकास नहुने बताउनुभएको छ । “विगतका सवाइ सुनेर र वर्तमान अवस्था हेरेर मात्र देश विकास हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश विकासका लागि भविष्यसम्मको स्पष्ट दृष्टिकोण राखेर अघि बढ्नु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्