Logo
Logo

प्रहरीको गाडीलाई ट्रकको ठक्कर, एसपीसहित ६ प्रहरी घाइते


दृष्टि संवाददाता



चितवन । प्रहरीको गाडीलाई ट्रकले ठक्कर दिंदा एसपीसहित ६ जना घाइते भएका छन् । मुग्लिन क्षेत्रमा बाढीपहिरोको अवस्था अनुगमन गरेर फर्कदै गर्दा प्रहरीको मुग्लिनको गाईघाटमा चितवन प्रहरीको गाडीलाई ट्रकले ठक्कर दिएको हो ।


दुर्घटनामा एसपी ओम प्रसाद अधिकारीसहित ६ जना घाइते भएका हुन् । प्रहरीहरुलाई गम्भीर चोट भने छैन । घाइते प्रहरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मुग्लिनको पुल र सडकको अवस्था अनुगमन गरेर फर्कदा सो दुर्घटना भएको चितवनका सिडिओ प्रेम लामिछानेले बताए । एसपी अधिकारीको गाडी अगाडी तथा सिडिओको गाडी सँगै थिए । गाडीमा रहेको एयरब्यागका कारण गम्भीर दुर्घटना जोगिएको बताइएको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्