Logo
Logo

राअविका ११ उच्च अधिकारीको बढुवा


दृष्टि संवाददाता


काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का ११ उच्च अधिकारीको बढुवा भएको छ । रिक्त रहेका दुई एसएसपी र ९ एसपी पदमा बढुवा भएको हो ।

सहअनुसन्धान निर्देशक(एसएसपी)मा नविन अधिकारी र राजन उप्रेतीको बढुवा भएको छ । प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)बाट उपअनुसन्धान निर्देशक(एसपी)मा प्रज्वल खड्का, प्रकाश आचार्य, सन्तोष ढुंगेल, राजन प्रजापती, बसु सिग्देल, कुलचन्द्र नेपाल, मनोज ढकाल, चन्दन झा र लक्ष्मी पौडेलको सिफारिस भएको छ ।
इन्सपेक्टरबाट डिएसपीमा पनि केही दिनभित्रै बढुवाको तयारी भइरहेको छ । डिएसपीको १४ पद रिक्त छन् । बढुवाका लागि इन्सपेक्टरको दौडधुप चलेको छ ।

प्रतिक्रिया दिनुहोस्