Logo
Logo

पहिरोका कारण जयपृथ्वी राजमार्ग पाँच दिनदेखि अवरुद्ध


दृष्टि संवाददाता

945
Shares

बझाङ । पहिरो खस्दा बझाङको जयपृथ्वी राजमार्ग पाँच दिनदेखि अवरुद्ध भएको छ। बझाङको सदरमुकाम चैनपुरदेखि बाहिरी जिल्लासँग जोडिएको राजमार्ग देवल, सुवेडा र तमैल गरी तीन ठाउँमा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो।

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बीचबाटोमै रोकिएका छन्। बझाङबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडौँ जाने र बाहिर जिल्लाबाट बझाङको सदरमुकाम चैनपुर भित्रिने सवारीसाधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन्।

पाँच दिनदेखि अवरुद्ध रहेको उक्त राजमार्ग डोजर लगाएर खुलाउने प्रयास भए पनि निरन्तर पानि परिरहेकाले सफा गर्दै गएको बेला फेरि पहिरो गएर अवरुद्ध बन्ने गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए।

लगातारको वर्षाले सडक पुनः सञ्चालनमा भने समस्या भइरहेको जनाइएको छ। उक्त स्थानमा यसअघि पनि बेलाबेला खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले बताएको छ। शुक्रबार र बिहीबार केही समय एकतर्फी आवतजावत गर्नको लागि बाटो खोलिएको भए पनि निरन्तरको पानीले फेरि बाटो अवरुद्ध भएको हो।

प्रतिक्रिया दिनुहोस्