Logo
Logo

उपत्यकामा कोरोना संक्रमितको संख्या दुई महिनायताकै न्यून


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोनोका दोस्रो लहर सुरु हुँदा बैशाख पहिलो साता काठमाडौं उपत्यकामा दैनिक नयाँ संक्रमितको संख्या दुई सयदेखि तीन सय थियो । करिब दुई महिनापछि संक्रमितको अवस्था सोही अवस्थामा ओर्लिएको छ ।

शनिबारको तथ्याङकअनुसार काठमाडौैंमा दुई सय एक, ललितपुरमा ९३ तथा भक्तपुरमा ४४ गरी तीन सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । यो पछिल्लो दुई महिनायताकै न्यून हो ।
शनिबार देशभरी दुई हजार चार सय एक जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा धेरै बाग्लुङमा २२५ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा एकैदिन ४२ सयमा संक्रमण पुष्टि भएको थियो ।
हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजारमा झरेको छ । सक्रिय संक्रमितको संख्या काठमाडौंमा ६ हजार ३८, ललितपुरमा दुई हजार एक सय ७८ तथा ललितपुरमा दुई हजार ८ सय ५६ छ ।
नयाँ संक्रमितको संख्या घटेकाले असार ८ गतेबाट उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुने सम्भावना बढेको छ। उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले आइतबार यसबारे निर्णय गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्