Logo
Logo
देउवा

पार्टी सभापतिमा फेरि उठ्छुः देउवा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापतिमा आफु फेरि उठ्ने बताएका छन् ।
आफूनिकटका केन्द्रीय सदस्यहरुसँगको छलफलमा उनले यस्तो बोलाएका हुन् । कांग्रेसको महाधिवेशन आगामी भदौमा हुँदैछ ।

निटकस्थ नेताहरुलाई मात्र बोलाएर देउवाले सभापतिमा आफु उठ्ने निश्चित भएकाले महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन् । एकपटकलाई आफुलाई सहयोग गर्न उनले नेताहरुलाई आग्रह गरेका छन् । आफ्नै निवासमा देउवाका विश्वासप्राप्त एक दर्जन नेता सहभागी थिए ।
सो छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. डीला संग्रौला, मीन विश्वकर्मा, सीता गुरुङलगायतका केन्द्रीय सदस्य सहभागी थिए । महाधिवेशन नजिकिदै गर्दा देउवा निवासमा दैनिक जसो गोप्य बैठकहरु बस्ने गरेका छन् ।

तर देउवा पक्षकै कतिपय नेता अब उनले नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा छन् । त्यसमध्ये एक हुने विमलेन्द्र निधी । निधीले आफु सभापतिमा लड्ने बताउँदै आएका छन् । जसकारण देउवाले निधीलाई छलफलका लागि बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्