काठमाडौं । हेलम्बु गाउँपालिकाले असार १ गते मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी दिएको छ ।
शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका मेलाम्चीमा कारण बाढी आएको जनाएको हो ।
विज्ञ डा रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ ।
सूचनामा चौरको ७५ प्रतिशतमध्ये कति भाग पहिरो जानसक्ने यकिन नभएको जानकारी दिँदै थप बाढी अउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत अुनरोध गरेको छ ।












