Logo
Logo

पोर्चुगल र जर्मनी भिड्दै, रोनाल्डोले गर्लान् जर्मनीविरुद्ध गोल ?


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । युरोपेली च्याम्पियनसिपको समूह चरणको दोस्रो खेलमा आज राति पोर्चुगल र जर्मनीबीचको रोमाञ्चक खेल हुँदैछ । खेल जर्मनीको घरेलु मैदान एलिएन्ज एरिना म्युनिखमा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ ।

पहिलो खेलमै ३-० को जित निकालेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्न चहान्छ । पोर्चुगल घरेलु टोली जर्मनीविरुद्ध आत्मविश्वासी भएर मैदान उत्रनेछ ।

जर्मनीले भने पोर्चुगलको सामना गर्दा टोलीलाई चर्को दबाब हुनेछ । पहिलो खेलमा फ्रान्ससँग हार बेहोरको जर्मनीको लागि समूह चरण पार गर्नको लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।

यि दुई टोलीबीचको १८ भेटमा जर्मनीले १० खेल आफ्नो पक्षमा पार्दा पोर्चुगलले ३ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

पोर्चुगलले अन्तिम पटक सन् २००० को युरोकपमा जर्मनीलाई हराएको थियो । २१ वर्षअघि ३-० ले हराएयताका चार खेलमा भने जर्मनीले पोर्चुगललाई स्तब्ध बनाएको छ । यि दुई टोलीले पछिल्लो पटक २०१४ को विश्वकपमा प्रतिस्पर्धा जर्मनीले ४-० को सानदार जित निकालेको थियो ।

विश्वकप २००६, युरोकप २००८ र २०१२ साथै विश्वकप २०१४ मा जर्मनीले पोर्चुगलविरुद्ध जित निकालेको छ । आज पोर्चुगल र जर्मनी युरोकपमा पाँचौ पटक भिड्दैछन्।

अर्को तथ्य के छ भने रोनाल्डोले जर्मनीविरुद्ध चार खेल खेल्दा अहिलेसम्म गोल गर्न सकेका छैनन् । पोर्चुगललाई रोक्न टोलीसँग भेट्रान गोलरक्षक तथा कप्तान म्यानुयल नुएर, इम्री क्यान, म्याट हमेल्स, एन्टेनियो रुडिगर, म्याथियस जिन्टर र निकलस सुल रहेका छन् ।

यो समूह ‘एफ’ मा एक चरणको खेल सकिदा पोर्चुगल र फ्रान्सको समान ३ अंक रहेपनि गोल अन्तरमा पोर्चुगल शीर्ष तथा फ्रान्स दोस्रो स्थानमा रहेको छ । अंकविहीन जर्मनी तेस्रो र हंगेरी पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्