Logo
Logo

पोर्चुगलविरुद्ध जर्मनीलाई अग्रता


दृष्टि संवाददाता


एजेन्सी । युरोपेली च्याम्पियनसिप समुह एफ अन्तर्गत जर्मनीले पोर्चुगलविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ । कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले अग्रता लिएपनि लगातार आत्मघाती गोल गरेपछि जर्मनी अघि बढेको हो ।

१४ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्र दिएको पासमा गोल गरेका थिए ।

खेलको ३५ औं मिनेटमा जर्मनी खेल बराबर बनायो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो । हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो ।

त्यसको ३ मिनेटपछि नै जर्मनीले आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा छिरेपछि पोर्चुगल पछि परेको थियो ।

प्रतिक्रिया दिनुहोस्