Logo
Logo

अदालतको आदेशपछि पनि अख्तियारको स्टिङ अप्रेसन, ४० हजार घुससहित अधिकृत पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । अदालतको आदेशपछि पनि अख्तियारको स्टिङ अप्रेसन, ४० हजार घुससहित अधिकृत पक्राउ स्टिङ अप्रेसन अवैध भनेर सर्वाेच्च अदालतले फैसला गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसलाई निरन्तरता दिएको छ ।

धादिङको निलकण्ठ सव–डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेल आयोगको स्टिङमा परेका छन् ।

‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने रु. ४०,०००।– दिनुपर्छ भन्दै घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले निज कृष्ण प्रसाद पौडेललाई सेवाग्राहीबाट ४०,०००।– (चालीस हजार रुपैयाँ) घुस÷रिसवत लिएको अवस्थामा उनलाई पक्राउ गरेको हो । अख्तियारले आफैं घुस दिएर स्टिङ गर्ने कार्य असंवैधानिक भनी सर्वाेच्च अदालतले बदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्