Logo
Logo

उपत्यकामा निजी सवारी चलाउन पाइने ?


दृष्टि संवाददाता


काठमाडौं । मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन लागिएको छ । निजी सवारी साधन समेत सञ्चालन गर्न दिने तयारीबारे छलफल अघि बढाइएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार जोर- बिजोर नभई सवारी नम्बरको अन्तिम अंकका आधारमा यससम्बन्धि निर्णय गर्न लागिएको छ । अन्तिम अंक १ देखि ३ भएकालाई एउटा बार, ४ देखि ७ भएकालाई अर्काे तथा ७ देखि ० सम्मलाई अर्काे बार तोकेर निजी सवारी चलाउन दिने तयारी थालिएको हो ।
यसका लागि ५ बजे उपत्यकाका तीनै जिल्लाका सिडिओको बैठक बस्दै छ ।
साथै कपडा पसल, भाँडा पसल पनि खोल्न दिने तयारी छ । अन्य केही व्यवसायलाई समेत खुकुलो बनाउने तयारी भइरहेको छ । सार्वजनिक यातायात भने तत्काल खुल्ने छैन ।
उपत्यकामा कोरोना संक्रमितको संख्या घटेपछि खुुकलो बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्