Logo
Logo

दुई एसपीमाथि प्रहरी प्रधान कार्यालयको छानबिन


दृष्टि संवाददाता


काठमाडौ । प्रहरी प्रधान कार्यालयले दुई एसपीमाथि अनुसन्धान थालेको छ । आर्थिक चलखेलको आरोपमा छानबिन थालिएको हो ।
सुनसरीका एसपी कमल थापा र धनुषाका एसपी प्रकाश रानाभाटमाथि छानबिन सुरु भएको हो ।

एसपी थापाले सेटिङमा स्याउ तस्करी गरेको प्रारम्भिक छानबिन खुलिसकेको छ । उनले खटाएका तीन जुनियर प्रहरी अधिकृत निलम्बनमा परिसकेका छन् । एसपीको मिलेमतोबिना सो तस्करी सम्भव नै नभएको स्रोत बताउँछ । सोही घटनामा सशस्त्र प्रहरीका एसपी माधव पौडेल पनि छानबिनमा परेका छन् । दुवै निकायले सो घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ ।
लागूऔषध मुद्दाको अनुसन्धानमा चलखेल गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटमाथि समेत छानबिन सुरु भएको छ । २०७७ फागुन ८ मा धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागूऔषध नाइट्रोजन भ्याटसहित तीन जनालाई पक्राउ गरेको मुद्दामा उनले चलखेल गरेका हुन् । त्यसमा संलग्न केही व्यक्तिहरुलाई उनले जोगाएको उजुरीका आधारमा छानबिन सुरु भएको हो ।
यसअघि प्रहरी प्रधान कार्यालयले दुई एससपीमाथि छानबिन गरी निलम्बन गरेको थियो । ट्राफिकमा हुँदा अनियमितता गरेको आरोपमा रामेश्वर यादब र विमल बस्नेत निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्