Logo
Logo

कोरोनामा ए–वानको राहत


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगमा कार्यरत राजदूत र अन्य कर्मचारीहरुको श्रीमतीलाई समाज सेवामा समर्पित गर्ने उद्देश्यले आजभन्दा ६८ वर्ष अगाडि स्थापित ‘ए–वान एक्टिभ ओमन अफ नेपाल’ले कोरोना महामारीबाट पीडितहरुका लागि सहयोग पु¥याएको छ ।

संस्थाका अध्यक्ष बाबा सरकार श्रेष्ठले दृष्टि अनलाइनलाई बताएअनुसार कोरोना भाइरस पहिचान गर्न सिन्धुपाल्चोकका विभिन्न गाउँमा निःशुल्क पिसिआर परीक्षण गरिएको छ । साथै, कोभिडका कारण काम गुमाएका मजदुर परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।

‘लकडाउन’का कारण अस्पतालहरुमा अलपत्र बिरामी, बिरामी कुरुवाहरुलाई पनि निःशुल्क भोजनको व्यवस्था गरिएको छ । नेपाल–भारत जनमैत्री अस्पताल, पिपुल्स अस्पतालमा यस प्रकारको भोजन उपलब्ध गराइएको थियो ।

उक्त संस्थाले महेश्वरी सदनसँगको सहकार्यमा दैनिक एक सय जनालाई निःशुल्क खाना उपलब्ध गराएको छ भने, हालै सिन्धुपाल्चोकमा आएको बाढी, पहिरोपीडितका लागि कपडा उपलब्ध गराउन कपडा संकलन थालिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसका लागि नेपालस्थित कतारका राजदूत युसुफ वेन मोहम्मद अलहेलले आर्थिक सहयोग गर्नुभएको छ । ६८ वर्ष अगाडि अमेरिकन ओमन अफ नेपालको नाममा स्थापित यस संस्थामा नेपालको समाजसेवी महिलाहरु संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्